शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पहिलो चरणमा ४ वटा प्रदेशमा निर्वाचन हुने प्रधानमन्त्री ओलीको भनाइ

दैनिक नेपाल २०७७ माघ ९ गते १९:१७

काठमाडौँ, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यावधिक निर्वाचन पहिलो चरणमा ४ प्रदेशमा हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा निर्वाचन हुने जानकारी दिए । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

त्यस्तै, प्रधानमन्त्री ओलीले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलिरहित हुने पनि बताए ।

उनले भने, ‘यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु ।’ उनले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको दायित्व रहेको बताएका छन् ।

त्यस्तै, प्रधानमन्त्री ओलीले मुलुक निर्वाचनका लागि अघि बढेको बताउँदै विधिसम्मत ढंगले शान्ति सुरक्षाका लागि लाग्न पनि सुरक्षा निकायहरुलाई आग्रह गरे ।

उनले भने, ‘मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ ।’
सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित