शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दैनिक नेपाल २०७७ माघ ८ गते ९:५०

फाइल तस्बिर

राजविराज, ८ माघ । सप्तरीको डक नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु एको छ ।

खडक नगरपालिका(११ बनौलीमा पश्चितमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०१-००१(प ६१४६ नम्बरको मोटरसाइककल आफैं अनियन्त्रित भई बुधबार राति साढे १२ बजेको समयमा दुर्घटना भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका-११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको छ ।

घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै दुवैको मृत्यु भएको प्रवक्ता साहले बताए ।

मोटरसाइकलमा पछाडि सवार खडक नगरपालिका ११ कै २१ वर्षीय सुनिलकुमार चौधरी भने घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित