
काठमाडौँ, २३ पुस । चिनियाँ नागरिक अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौँबाट चिनियाँ नागरिकलाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुई चिनियाँसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पुस १९ गते तिलगंगास्थित होटल आनन्दबाट चिनियाँ नागरिक लिउ विपिङ्ग र लि जियाओनिङ्गलाई २ जना चिनियाँसँग मिलेर सिन्धुपाल्चोकका दुई जनाले अपहरण गरेका थिए ।
प्रहरीले सिन्धुपाल्चोकका दावा पासाङ लामा, भक्ते लामा उर्फ साईला, चिनियाँ नागरिक ऊ चाओ र झाङ्ग उईलाई पक्राउ गरिएको जनाएको छ ।
अपहरणपछि चिनियाँ नागरिकलाई ट्याक्सीमा राखेर सिन्धुपाल्चोकको मार्मिङमा लगेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते चिनियाँको ग्वार्कोस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्नलाई अपहरण तथा शरीर बन्धक मुद्धा चलाएको छ ।















प्रतिक्रिया