११ कार्तिक २०८३, बुधबार

१० करोडभन्दा बढीको कारोबार गर्ने सहकारीले राष्ट्र बैंकलाई रिपोर्टिङ गर्नुपर्ने

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ पुस । सहकारी संस्थाहरुले आफ्नो कारोबारको नेपाल राष्ट्र बैंकलाई रिपोर्टिङ गर्नुपर्ने भएको छ ।

अब १० करोडभन्दा बढीको कारोबार गर्ने सहकारी संस्थाहरुले गोएएमएल सफ्टवेयर सिस्टममार्फत नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईमा एसटिआरर टिटिआरको रिपोर्टिङ गर्नुपर्ने सहकारी विभागले जनाएको छ ।

आगामी साउनदेखि १० करोडभन्दा बढी निक्षेप तथा पुँजी भएका बचत तथा ऋण सहकारी संस्थाले गोएमएल मार्फत रिपोर्टिङ गर्नुपर्ने छ ।

सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धी सहकारी संघ संस्थालाई जारी गरेको निर्देशन, २०७४ को दफा १९ र २० बमोजिम यस्तो नियम लागु हुने भएको हो ।

यसअन्तर्गत सहकारी संस्थाहरुले सीमा कारोबार (टिटिआर), शंकास्पद कारोबार प्रतिवेदन (एसटिआर) राष्ट्र बैंक पठाउने व्यवस्था गरेको हो ।