काठमाडौं, १५ पुस । सर्वोच्च अदालतले कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै दर्ता भएको रिट हेर्न नभ्याइनेमा परेको छ ।
बुधबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशमा चढेको पेसी हेर्न नभ्याइने परेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले कामचलाउ बनीसकेपछि प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बदरको माग सहित छुट्टाछुट्टै रिट दर्ता गरेका थिए ।











प्रतिक्रिया