६ मंसिर २०८३, आइतबार

ओली नेतृत्वको नेकपाको प्रदेशस्तरीय भेला वीरगञ्ज र काठमाडौंमा हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला गर्दैछ ।

बागमती प्रदेशको भेला बबरमहलस्थित कार्की पार्टी प्यालेसमा हुनेछ । भेलालाई उप–प्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहितका नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रदेश २ को भेला वीरगञ्जको टाउन हलमा हुनेछ । नेकपाको प्रदेश २ स्तरीय अगुवा कार्याकर्ता भेलालाई अर्थमन्त्री एवम् महासचिव विष्णु पौडेलले सम्बोधन गर्ने केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा सत्यनारायण मण्डल, रघुवीर महासेठ, शहरी विकासमन्त्री प्रभु साह, कानूनमन्त्री लीला श्रेष्ठ, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो लगायतको उपस्थिती रहनेछ ।