६ मंसिर २०८३, आइतबार

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने, आन्दोलन घोषणाको तयारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले अर्को चरणको आन्दोलन आज घोषणा गर्ने भएको छ ।

आन्दोलनका कार्यक्रमहरू तय गर्न बुधबार स्थायी कमिटीको बैठक बोलाइएको नेताहरूले जानकारी दिएका छन् । आन्दोलनका कार्यक्रमहरूलाई स्थायी कमिटीले पारित गरेर सार्वजनिक गरिनेछ ।

स्थायी कमिटी बैठक पेरिसडाँडा स्थित पार्टी कार्यालयमा बस्ने जनाइएको छ । बैठकपछि आजै दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने एक नेताले बताएका छन ।

नेकपाको प्रचण्ड–माधव समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनमा जाने घोषणा गरिसेको छ ।