६ मंसिर २०८३, आइतबार

प्रचण्ड–नेपाललाई आफैले पालेको बाघले नखाओसः कमल थापा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘आफूले पालेको बाघले आफैंलाई नखाओस्’ भन्दै चेतावनी दिएका छन् ।

थापाले शनिबार बिहान ट्वीट गर्दै थापाले भागबण्डा गरेर आफू निकटका व्यक्तिलाई राख्दाको बेफाइदाका बारेमा थापाले दाहाल र नेपाललाई स्मरण गराएका हुन ।

थापाले विगतमा गरेको गल्तीको सजायँ आफैंले भोग्नुपर्ने संकेत गर्दै गरेका छन् ।

उनले विगतमा विभिन्न न्यायिक निकाय र राज्य संयन्त्रमा आफ्ना मान्छे राख्ने गलत परम्पराका कारण न्याय नपाउने भन्दै सडक संघर्षको अर्थ नभएको बताएका छन । थापाले अरुलाई खउन पालेको बाघले एकदिन आफैं खानेप्रति सचेत हुन पनि प्रचण्ड–माधवलाई आग्रह गरेका छन् ।

‘२०६३सालपछि कंग्रेस–कम्युनिष्टले न्यायपालिकालगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन् । अपवाद बाहेक न्याय दुर्लभ भएको छ’, ट्वीट गर्दै उनले भनेका छन्, ‘अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैंलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड–नेपाललाई भएकै होला ।’