६ मंसिर २०८३, आइतबार

भ्यान भाग्न खोज्दा काठमाडौंमा पैदलयात्रुको मृत्यु, प्रहरी जवान घाइते

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । काठमाडौंको बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । दुर्घटनामा प्रहरी जवान घाइते भएका छन् ।

शुक्रबार राति ट्राफिक जाँचका क्रममा भ्यान भाग्न खोज्दा बल्खु चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भ्यानको ठक्करबाट पैदलयात्रु काठमाडौंको कीर्तिपुर बस्ने गोरखाका ५४ वर्षका काले आले मगर रहेका छन । उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा १६ च २९१५ नम्बरको भ्यानले ट्राफिक जाँचमा रहेका ट्राफिक जवानलाई ठक्कर दिएर भाग्ने क्रममा पैदलयात्रुलाई ठक्कर दिन पुगेको थियो ।

भ्यानको ठक्करबाट बल्खुमा कार्यरत प्रहरी जवान २३ वर्षका मानबहादुर साउद घाइते भएका छन । उनको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

फरार भ्यान चालकको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।