
काठमाडौं, ९ पुस। पूर्वराजा ज्ञानेन्द्र शाह निर्मलनिवासबाट हिउँदे भ्रमणका लागि शुक्रबार झापा जाने भएका छन्।
उनको यसपटक झापा बसाईका क्रममा पूर्वमा रहेका राजावादीसँगको भेटघाट हुनेछ।
पूर्वरानी कोमल शाह, बुहारी हिमानीलगायत परिवारका अन्य सदस्य पनि झापा पुग्नेछन्।
हरेक बर्ष पूर्वराजा जाडोमा तराई जाने गरेका छन्। तर यस पटक राप्रपालगायत राजावादी विभिन्न संगठनले आन्दोलन र प्रदर्शन पनि गर्ने तयारी थालेका बेला पूर्वराजाले उपत्यका छाड्नुलाई अर्थपूर्ण मानिएको छ।
झापादेखि पूर्वराजा नयाँ दिल्लीसम्म पुग्ने तयारी रहेको बताइएको छ।











प्रतिक्रिया