काठमाडौं, ८ पुस। संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीले सदन विघटन गरेपछि नै अविश्वासको प्रस्ताव दर्ता भएको जानकारी दिएको छ।
५ पुसमा साढे १२ बजेअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको घोषणा गरेकी थिइन्। तर साढे १० बजे नै अविश्वासको प्रस्ताव दर्ता भएको भन्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतको दाबी थियो। तर मिडियामा आएका समाचारमा तथ्य नरहेको भनी संघीय संसद सचिवालयले विज्ञप्ति जारी गर्दै साढे ३ बजे अविश्वास प्रस्ताव दर्ता भएको जानकारी दियो।
हेर्नुहोस् विज्ञप्ति












प्रतिक्रिया