६ मंसिर २०८३, आइतबार

सातै प्रदेशमा बुधबार ओली पक्षको प्रशिक्षण, कुन प्रदेशमा कसले दिँदैछन्?

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टीले बुधबार सातै प्रदेशमा प्रशिक्षण थालेको छ।

सातै प्रदेशका नेतालाई जिम्मेवारी हस्तान्तरण गरिएको छ। जसअनुसार सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेले प्रशिक्षण दिनेछन्।

यस्तै, कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यको नेतृत्वमा प्रशिक्षण तथा भेला हुनेछ भने लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटाको नेतृत्व हुनेछ।

यसैगरी, गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेलको नेतृत्वमा प्रशिक्षण हुनेछ भने वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल सक्रिय रहनेछन्।

प्रदेश नं २मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोको अग्रसरता हुने प्रवक्ता प्रदिप ज्ञवालीले जनाएका छन्। यसैगरी, प्रदेश नं. १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फेले प्रशिक्षण दिनेछन्।