६ मंसिर २०८३, आइतबार

नेकपा फुटेकै दिन चिनियाँ राजदूत शीतल निवासमा सुटुक्क प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएकै दिन नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सुटुक्क भेटेकी छिन् ।

नेकपाभित्रको विवाद मिलाउन पटक–पटक चलखेल गर्दै आएकी चिनियाँ राजदूत यान्छीले मंगलबार साँझ राष्ट्रपति भण्डारीलाई शीतल निवासमा भेट गरेकी हुन् ।

चिनियाँ राजदूत यान्छीले राष्ट्रपति भण्डारीलाई नियमित र पूर्वतालिकाअनुसार भेटघाट गरेको शीतल निवासका एक कर्मचारीले बताएका छन् ।

नेकपाभित्र विवाद उत्पन्न भएर पार्टी विभाजन भएकै दिन राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूत यान्छीले भेट गरेकी छिन् ।

यसअघि नेकपाको आन्तरिक विवादका क्रममा यान्छीले छोटो अवधिमा नेकपाका शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन् । पछिल्लो पटक यान्छीले नेकपाका केही मन्त्रीहरूसँग पनि भेटवार्ता गर्ने तयारी गरेको बुझिएको छ ।