६ मंसिर २०८३, आइतबार

नेकपाको अलग–अलग केन्द्रीय कमिटी बस्दै, गौतम–थापा कतै नजाने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक विभाजनका लागि दुवै पक्षले केन्द्रीय कमिटीको अलग–अलग बैठक बोलाएका छन् ।

काठमाडौंमा आज बस्न लागेका बैठकहरूले नेकपालाई विभाजनको औपचारिकता दिने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले बैठक बोलाएका हुन् ।

नेकपाका उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा भने अन्तिम बेलासम्म पनि कतै खुलेका छैनन् ।

गौतमले आज ओली र प्रचण्ड–नेपाल समूह दुवैले आयोजना गरेका बैठकमा सहभागी नहुने जनाएका छन् । पार्टी विभाजन भइसकेपछि गौतम र थापालाई एकातिर लाग्नैपर्ने बाध्यतामा उनी छन् ।

पूर्व माओवादी समूहमा थापा समूह बिभाजित छ । देव गुरुङ, पम्फा भुसाल लगायतका नेता थापा निकट भए पनि उनीहरू प्रचण्डसँग छन् । गृहमन्त्री थापा भने दुवै पक्षका भेला र बैठकमा सहभागी भएका छैनन् । थापा समूहका ३५ जना केन्द्रीय सदस्य रहेका छन् ।

उपाध्यक्ष गौतमसँग पनि सांसद र केन्द्रीय सदस्यहरू छन् । गौतम आफू नगए पनि आफू निकटका नेताहरूलाई कुन बैठकमा पठाउँछन् भन्नेबारेमा केही भनिएको छैन ।