काठमाडौं, ७ पुस । देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढेको छ । रातको समयमा बादल लागेकाले देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका धेरै ठाउँको न्यूनतम तापक्रम औसतमा १ डिग्री सेल्सियसले बढेको छ । काठमाडौंको न्यूनतम तापक्रम मंगलबार ४ डिग्री सेल्सियस पुगेको छ ।
काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
रातको समयमा बादल लाग्दा पृथ्वीको रेडियसनलाई बादलले छेकिदिने हुँदा न्यूनतम तापक्रम बढ्नेछ ।
मंगलबार काठमाडौं उपत्यकामा सोमबारको जस्तो घाम नलाग्ने महाशाखाले जनाएको छ ।











प्रतिक्रिया