
काठमाडौं, ६ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले अर्को घोषणा गरेका छन्। यस पटक उनले तटस्थ बस्ने घोषणा सार्वजनिक गरेका हुन्।
आफू पार्टी फूटको साक्षी बन्न नसक्ने भन्दै कुनै पनि भेलामा नजाने भन्दै सोमबार उनले भने,‘अब फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरेँ । फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु।’
केपी ओलीले गरेको भेला होस् वा अरुले गरेको किन नहोस् ति सबै सबै पार्टी फुटाउनका निम्ति भइरहेको गौतमको ठहर छ। यो पार्टी एकीकरण गराउनेमध्येको एक नेता भएको बताउँदै उनले एकताको पक्षमा आफू रहेको जनाएका छन्। संसद भंगको गैरसंवैधानिक कदमको विरोध भने उनले गरेका छन्।











प्रतिक्रिया