काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले सरकारले कामै गर्न नपाएपछि जनतालाई जिम्मा दिनु स्वागतयोग्य कदम भएको बताएका छन् ।
संसद विघटनको घोषणापछि आइतबार सामाजिक सञ्जालमार्फत डा.भण्डारीले प्रधानमन्त्रीले केपी ओलीले चालेको कदम ठीक रहेको बताए । उनले ओलीको कदमलाई घुमाउरो भाषामा स्वागत गरेका छन् ।
उनले भने, ‘कसले के भन्छ भन्ने होइन । देशमा के हुँदैछ भन्ने महत्वपूर्ण सवाल हो ।’
‘नेपाली जनताले नेकपालाई पाचँ वर्षको लागि सत्ता सञ्चालन गर्ने जिम्मेवारी दिएका थिए’, डा.भण्डारीले भनेका छन्, ‘पार्टीभित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन ।’
‘चल्नै नसक्ने भएपछि जनतालाई जिम्मा दिनु स्वागत योग्य कुरा हो’, उनले भने, ‘शैलिमा जनताको करबाट नेता पाल्न जनता बाध्य हुँदैनन् । अगाडि के हुन्छ समयले जवाफ दिनेछ । तर, प्रकृयामा कम्जोरी देखियो ।’















प्रतिक्रिया