६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गरिने, स्थायी समिति बस्दै

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस। नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने तयारी गरेको छ। आज बालुवाटारमा बस्ने बैठकबाट त्यस्तो कारबाही गर्नका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतले छलफल गरेका हुन्।

संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गरेपछि नेकपाभित्रको विवादको लहरो ओलीलाई कारबाही गर्नेसम्मका लागि तानिएको छ।सँगै बालुवाटारमा हुने स्थायी समितिको बैठकबाट अनुशासनको कारबाही गर्दै प्रधानमन्त्री पदबाट फिर्ता बोलाउन सकिने एक नेताले बताए।

नेकपाको आन्तरिक विवाद मत्थर हुने भन्दा पनि झाँगिने क्रममा छ। उता प्रधानमन्त्री ओली भने आगामी वैशाखमा चुनावको घोषणा गर्ने तयारीमा छन्।