८ कार्तिक २०८३, आइतबार

संसद विघटन सिफारिसः ओलीविरोधी समूहको बैठकमा किन गएनन् उपाध्यक्ष गौतम?

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बरिष्ठ नेताहरूको छलफलमा उपाध्यक्ष बामदेव गौतम अनुपस्थित भएका छन्।

मन्त्रिपरिषदले गरेको प्रतिनिधि सभा विघटनको सिफारिसमा पनि खासै प्रतिक्रिया नदिएका उनले नेकपाभित्रको विवादमा आफू पक्ष र विपक्षमा नलाग्ने घोषणा गरेका थिए।

सोहीअनुसार नै पेरिसडाँडामा भएको प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवको ओलीविरोधी खेमालाई सम्बोधन गर्न उनी गएका थिएनन्। उनले आइतबार सरकारले चालेको कमदमा पनि पर्ख र हेरको नीतिमा रहेको प्रतिक्रिया दिएका थिए।