६ मंसिर २०८३, आइतबार

विराटनगरमा घरमा आगलागी हुँदा बालकको जलेर मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

विराटनगर, ५ पुस । विराटनगर महानगरपालिका–१४ मा आगलागी हुँदा बालकको मृत्यु भएको छ ।

आगलागीमा परेर दुई जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले महानगरपालिका–१४ झटियायीमा शुक्रबार मध्यरातमा स्थानीय राजेश दासको घरमा आगलागी भएको जानकारी दिए ।

बाँस र जस्तापाताको छानो भएको घरमा आगलागी हुँदा दासका १४ वर्षीय छोरा रविन दासको जलेर मृत्यु भएको छ । घर नजिक बालिएको घुरबाट आगलागी भएको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताएका छन् ।

आगलागीबाट राजेशकी ३२ वर्षीया श्रीमती इन्दुमति दास र सात वर्षीय छोरा किसन दास घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।