३ कार्तिक २०८३, मंगलबार

बालाजु सवस्टेशनबाट वितरित बिजुली भोलि पनि तीन घण्टा काटिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेपाल विद्युत् प्राधिकरणले भोलि शनिबार मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म बालाजु सवस्टेशनबाट वितरित बिजुलीकटौती गर्ने भएको छ ।

प्राधिकरणका अनुसार बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट वितरित बिजुली काटिने भएको हो ।

बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार, धर्मस्थली फिडर सटडाउन हुने छ । बिजुली काटिँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले माफी मागेको छ ।

प्राधिकरणले आज शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म पनि राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली काटेको थियो ।

निर्धारित कार्य समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै बिजुली आउनेसमेत प्राधिकरणले स्पष्ट पारेको छ ।