
काठमाडौं, ३ पुस । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र आगामी संसदको अधिवेशनबारेमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बस्दैछ ।
बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा उक्त बैठक बस्ने बताइएको छ । बैठकमा सरकारका असंवैधानिक क्रियाकलाप र आगामी संसदको हिउँदे अधिवेशन आव्हानबारे छलफल हुने छ ।
संवैधानिक प्रावधान अनुसार सरकारले पुस १८ गतेसम्म संसदको हिउँदे अधिवेशन बोलाइसक्न पर्छ । संविधानमा एउटा अधिवेशनको अन्त्य भएको ६ महिनामा अर्को अधिवेशन बोलाइसक्नु पर्ने व्यवस्था छ ।
सरकारले बर्खे अधिवेशन असार १८ गते स्थागित गरेको थियो ।















प्रतिक्रिया