३ कार्तिक २०८३, मंगलबार

संवैधानिक परिषद्को बैठक स्थगित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २ पुस । अहिले साँझ साढे ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

संवैधानिक परिषद्सम्बन्धी जारी भएको अध्यादेश फिर्ता लिने सहमति भएको भोलिपल्टै प्रधानमन्त्री केपी ओलीले परिषद्को बैठक बोलाएका थिए ।

बुधबार मात्र नेकपाको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति भएको थियो ।

बैठक स्थगितको कारण भने खुलाइएको छैन । यद्यपि, प्रधानमन्त्रीले बैठक आह्वान गरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् ।

भेटलगत्तै बैठक तत्कालका लागि स्थगित गरिएको हो ।

संवैधानिक परिषदको बैठक बोलाएपछि ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा