३ कार्तिक २०८३, मंगलबार

हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि राप्रपाले गर्यो आन्दोलनको घोषणा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर : राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी ।

काठमाडौं, २ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनका लागि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।

भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्ने राप्रपाको भनाइ छ ।

आन्दोलनको पहिलो चरणका कार्यक्रम १२ पुसबाट शुरू हुने राप्रपाले जनाएको छ । जसअनुसार १२ पुसमा ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने तयारी छ ।

१२ देखि २१ पुुससम्म जिल्ला सदरमुकाम तथा ठूला शहरहरूमा मोटरसाइकल र्‍याली, १५ पुसदेखि २५ पुसभित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गरिने राप्रपाले जनाएको छ ।

यसैगरी, पुसको चौथो हप्तादेखि दोस्रो चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गरिने छ । राप्रपाले दोस्रो चरणका कार्यक्रम भने सार्वजनिक गरिसकेको छैन ।