काठमाडौं, ३० मंसिर । कोरोना भाइरस संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द काठमाडौंको पशुपतिनाथ मन्दिर बुधबारबाट खुल्ने भएको छ ।
मंगलबार बिहान क्षमा पूजा गरी बुधबारदेखि दर्शनार्थीहरूका लागि मन्दिर खुल्ला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.प्रदीप ढकालले जानकारी दिए ।
पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीहरूलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइनेछ । दर्शनार्थीहरुले अनिवार्य मास्क लगाउनुपर्ने छ ।











प्रतिक्रिया