६ मंसिर २०८३, आइतबार

संवैधानिक परिषदको बैठक मंगलबार बस्ने तयारीमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी ओलीले रिक्त संवैधानिक निकायमा पदाधिकारी सिफारिस गर्न सवैधानिक परिषदको बैठक बोलाएका छन् ।

प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि आइतबारको बैठक स्थगित भएकोमा मंगलबार पुनः बोलाइएको हो ।

बैठकमा पनि देउवा उपस्थित हुने–नहुने अन्योल छ । यस्तो अवस्थामा पनि ओलीले परिषद् बैठक राख्ने तयारी गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि मानव अधिकार आयोगसम्मका पदाधिकारी सिफारिसबारे छलफल हुने एजेन्डा रहेको छ ।

संवैधानिक नियुक्तिमा पनि ओलीले परामर्श नगरेकोको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ले असन्तुष्टि व्यक्त गरेका छन् ।

ओलीले कांग्रेस सभापति देउवासँग सहमति जुटाएको तर, आफूसँग परामर्श पनि गर्न आवश्यक नठानेको भन्दै दाहाल असन्तुष्ट भएका हुन् ।