काठमाडौं, ३० मंसिर । काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ ।
मंगलबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति आकाश छ्याङ्ग खुलेकाले चिसो बढेको छ । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो । तत्काल मौसम बद्ली भएर बादल लाग्ने सम्भावना नरहेकाले न्यूनतम तापक्रम घट्न सक्ने मौसमविद्ले बताएका छन् ।
काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसम्म पुग्ने अनुमान छ । बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने हुँदा दिउँसोको समयमा भने तातो न्यानो हुनेछ । मंगलबार काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रको मौसम सफा रहने अनुमान गरिएको छ ।
पहाडी क्षेत्रको मौसम सफा रहे पनि तराईका क्षेत्रमा भने हुस्सु र कुहिरो लागेको छ ।











प्रतिक्रिया