६ मंसिर २०८३, आइतबार

दाङमा गुडीरहेको बसमा आगलागी, मानवीय क्षति हुन पाएन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २९ मंसिर । दाङ जिल्लामा गुडीरहेको बसमा आगो लागेर क्षति भएको छ ।

सोमबार तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा आगो लागेको प्रहरीले जनाएको छ ।

बसका चालक पतिराम चौधरीले बसमा एकाएक आगो देखिएपछि बस रोकेर यात्रु झारेको जानकारी दिएका छन ।
‘बसमा १२–१३ जना यात्रुहरू रहेका थिए । मानवीय क्षति भएको छैन ।

चालक चौधरीले ब्याट्रीको तार सर्ट भएपछि बसको अगाडिको भागवाट आगो सल्किएको जानकारी दिएका छन ।