काठमाडौं, २९ मंसिर । काठमाडौं उपत्यकामा सोमबार यसवर्षको जाडो शुरु भएपछिकै कम तापक्रम मापन गरिएको छ ।
काठमाडौंको तापक्रम सोमबार बिहान ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार बिहान ५ डिग्री सेल्सियस मापन गरिएकोमा दिउँसो फेरि घटेर ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
पश्चिमी वायुको प्रभावका कारण केही ठाउँमा मौसम आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका धेरैजसो ठाउँमा भने कुहिरो लागेको छ । दिउँसो कुहिरो हटेर घाम लाग्ने महाशाखा जनाएको छ । अरु ठाउँको मौसम भने सामान्य बदली रहने अनुमान छ ।
सोमबार राति प्रदेश १ र २ का पहाडी क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना छ ।











प्रतिक्रिया