६ मंसिर २०८३, आइतबार

लमजुङकी पदमी गुरुङ पक्राउ, १३ वर्षपछि पाप धुरीबाट करायो

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २९ मंसिर । हत्या अभियोगमा लमजुङ प्रहरीले १३ वर्षपछि पदमी गुरुङलाई पक्राउ गरेको छ ।

कर्तव्य ज्यान कसुर गरेर फरार दोर्दी गाउँपालिका–६, सिमीकी ३२ वर्षीया पदमीलाई प्रहरीले माइती घरबाट पक्राउ गरेको हो ।

२०६४ वैशाख १५ गते गाउँकै २५ वर्षीया पिचौटी गुरुङको हत्या गरेर फरार भएकी पदमीविरुद्ध लमजुङ जिल्ला अदालतले ९ वर्ष ६ महिना २१ दिन सजायको फैसला सुनाएको थियो ।

डीएसपी गंगाबहादुर थापाले पिचौटी गुरुङको हत्या गरेपछि पदमी गुरुङ इराक गएर बसेको बताए । पदमी गुरुङ एक महिना अगाडि नेपाल आएकी थिइन ।

घाँस काट्न गएको बेला सामान्य विवाद हुँदा पिचौटीलाई पदमीले ढुंगा र दाउरा प्रहार गरेको अभियोगमा अदालतले पदमीलाई कारागार चलानको फैसला सुनाएको थियो ।

एक महिना अगाडि मात्रै घर आएको सूचनाको आधारमा खोजतलास गरी पदमीलाई मंगलबार राति करिब १ बजेतिर माइतीघर सिमीगाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।