६ मंसिर २०८३, आइतबार

काठमाडौं ल्याउँदै गरेको ५० किलो चरेश सशस्त्र प्रहरीद्वारा बरामद

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । धादिङमा सशस्त्र प्रहरी बल, नेपालले ५० किलो चरेससहित ३४ वर्षीय दीपक मगरलाई पक्राउ गरेको छ ।

लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको एपीएफ टोलीले शनिबार राति करीव ५० किलो चरेशसहित धादिङ जिल्लाको गल्छी गाउँपालिका– ८ बस्ने मगरलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा सो पोष्टबाट खटिएको एपीएफ टोलीले सोही जिल्लाको थाके गाउँपालिका– १ खयरघारीस्थित पूर्व पश्चिम लोकमार्गबाट उनलाई पक्राउ गरेको जनाइएको छ ।

बा २१ प ८७६ नम्बरको मोटरसाईकलमा सवार निज मगरले तीन वटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेश भेटिएपछि उनलाई पक्राउ गरिएको थियो ।

मगरलाई रातिनै आवश्यक कारवाहीको लागि चरेससहित ईलाका प्रहरी कार्यालय गजुरीमा बुझाइएको छ ।

चरेश धादिङ जिल्लाको गोगनपानी भन्ने ठाउँबाट काठमाडौं ल्याउने उद्देश्यले ल्याउँदै गरेको बयान मगरले एपीएफ टोलीलाई दिएको विज्ञप्तिमा उल्लेख छ ।