६ मंसिर २०८३, आइतबार

पोखरीमा डुबेर तेह्रथुममा तीन बालिकाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम, २८ मंसिर । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ।

स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा सोही वडाकी कोपिला लिम्बूका छोरीहरू ७ वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी आठ वर्षीया छोरी सुहानाको मृत्यु भएको हो ।

शनिबार दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएको थियो। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजान लागिएको प्रहरीले जनाएको छ।