१० कार्तिक २०८३, मंगलबार

गैंडाको खाग जस्तो देखिने वस्तुसहित ५ जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २६ मंसिर । काठमाडौँ महानगरपालिका १५ स्वयम्भू किमडोलबाट गैंडाको खाग जस्तो देखिने वस्तुसहित ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ महानगगरपालिका २३ झोंछे ठेगाना भएका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोट मेघाङ गाउँपालिका ६ ठेगाना भएका २६ वर्षीय रामसिंह तामाङ र सोही ठाउँ बस्ने २२ वर्षीय मुना तामाङ रहेका छन् ।

संरक्षित वन्यजन्तु गैंडाको खागको अवैध रुपमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गैंडाको खाग भनि बिक्री गर्नका लागि कोठामा राखिरहेको अवस्थामा उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो
।

वरामद वस्तुसहित उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ ।