
काठमाडौँ, २६ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार विहान गरिएको परीक्षणमा उनलाई संक्रमण देखिएको हो । उनले ट्वीटरमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
दुई दिनदेखि कोरोनाको सामान्य लक्षण देखिएपछि सुरक्षित बेसको उनमा शुक्रबार स्वाद र गन्ध थाहा नपाउने भएपछि परीक्षण गरिएको उनले जानकारी दिए ।
संक्रमणपछि उनी होम आइसोलेसनमा रहेका छन् । उनले शनिरबादेखि चितवनमा हुने खेल खेल्न नसक्ने भएका छन् ।















प्रतिक्रिया