८ कार्तिक २०८३, आइतबार

हिन्दूराष्ट्रको माग गर्नेहरू मदिरा र गाईको मासु खानेहरू हुन्ः मन्त्री त्रिपाठी

17.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयश त्रिपाठीले मदिरा र गाईको मासु खानेहरू हिन्दू राष्ट्रको माग गरेर सडकमा उत्रिएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री त्रिपाठीले गाईको मासु खानेहरूले राजनीतिक वकालत गरेको भन्दै कठोर आलोचना गरेका हुन् ।

‘धर्मको नाममा म आफै हिन्दू हुँ । म मदिरा खाने र गाईको मासु खाने मान्छे होइन’, उनले भने, ‘मैले देखेको छु, मदिरा सेवन गर्नेहरू र गाईको मासु खानेहरूनै हिन्दूका लागि राजनीतिक वकालत गर्छन् । म धार्मिक मान्छे भएको र म धार्मिक वकालत गर्दछु यति मात्रै हो ।’

हिन्दू राष्ट्र र राजसंस्थाको माग गरेर सडकमा आन्दोलन रहेका बेला मन्त्री त्रिपाठीले आन्दोलनकारीहरूलाई गाईको मासु खाने र मदिरा सेवन गर्नेहरूको संज्ञा दिएका हुन् ।