८ कार्तिक २०८३, आइतबार

‘संवैधानिक व्यवस्थाका कारण नेकपा फुट्दैन’

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले पार्टीभित्र गम्भीर समस्या देखिएको बताएकी छिन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा नेतृ भुसालले स्थायी समिति र केन्द्रीय कमिटीले पार्टीलाई नयाँ ठाउँमा पु¥याउने बताइन् । उनले नेकपालाई फुट्न नदिने बताइन् ।

उनले संवैधानिक व्यवस्थाका कारण नेकपा फुट्न नसक्ने बताएकी छिन् । ‘संवैधानिक व्यवस्थाका कारण पार्टी फुट्न सक्दैन’, नेतृ भुसालले भनिन्, ‘हामीले पार्टी फुट्न दिँदैनौँ ।’

दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा गरेकी नेतृ भुसालले भनिन्, ‘पुष्पकमल दाहाल त्यागी नेता हो । उहाँले केपी ओलीलाई पाँच वर्षका लागि सरकार चलाउन दिनुभएको छ ।’

दुबै अध्यक्ष ल्याएको राजनीतिक प्रतिवेदन तल्ला तहका कमिटीसम्म छलफल र बहस हुने नेतृ भुसालले बताएकी छिन् । उनले छलफल र बहसपछि उपयुक्त निर्णय लिइने बताएकी छिन् ।

नेतृ भुसालले नेकपा बालहठबाट चल्न नसक्ने बताएकी छिन् । उनले शीर्ष नेताहरूलाई रुपान्तरणको लागि सुझाव दिएकी छिन् । उनले रुपान्तरण नहुने हो भने नेताहरूलाई जिम्मेवारी छाड्न चेतावनी दिएकी छिन् ।