२ कार्तिक २०८३, सोमबार

पुल उद्घाटन रोक्ने नेता, कर्मचारी, प्रहरी र प्रशासनलाई कारबाही गर्न पौडेलको माग

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दीखोलाको पुल उद्घाटन कार्यक्रम रोक्ने नेता, कर्मचारी, प्रहरी र प्रशासनलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

बुधबार पुल उद्घाटन गर्न तनहुँ पुगेका पौडेललाई त्यहाँको स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको थियो । तर, बुधबार साँझ नै उनलाई रिहा गरेपछि बिहीबार कार्यकर्ताहरुको भव्य भीडकाबीच पुलको उद्घाटन गरे ।

उद्घाटनपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै आफ्नो अघिल्लो दिनको कार्यक्रम विथोल्ने सबै तत्वहरुलाई काराबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

सत्ता र शक्तिको दुरुपयोग गरि उपभोक्ता समिति, स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छाविपरीत तनहुँको कार्यक्रम रोक्ने काम भएको भन्दै केहीबेरअगाडि उनले लेखेका छन्, ‘घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो माग छ ।’

यस्तै उनले आजको कार्यक्रममा कार्यकर्ताको संख्या उल्लेख्य भएका कारण अवरोध गर्नबाट प्रशासन पछि हटेको जिकिर पनि गरेका छन् । ‘आज तनहुँमा कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्न बाट प्रशासन पछि हटेको प्रष्ट छ’, उनले लेखेका छन् ।

अघिल्लो दिन रोकिएको पुल उद्घाटनको कार्यक्रम आज बिहीबार सम्पन्न भइ पुल उद्घाटनटन भएको जानकारी दिँदै पौडेलले कांग्रेसप्रतिको अपमान र अत्याचारविरुद्ध आन्दोलन जारी रहने पनि बताएका छन् ।

‘लोकतान्त्रिक मूल्य र मान्यताविपरीत नेपाली जनता, नेपाली कांग्रेसमाथिको घोर अपमान र अत्याचारप्रति खेद गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्द हाम्रो आन्दोलन जारी रहने छ’, उनले लेखेका छन् ।

यी समाचारहरु पनि पढ्नुहोस्–