शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

काँग्रेस नेता पौडेल रिहा

दैनिक नेपाल २०७७ मंसिर १७ गते १९:५३

काठमाडौँ, १७ मंसिर । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा गिरफ्तारीमा परेका नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् ।

प्रहरीले वुधबार दिउँसो उनलाई नियन्त्रणमा लिएको थियो भने साँझ उनी रिहा भउका हुन् । पौडेलसँगै पक्राउ परेका काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि रिहा गरिएको छ ।

व्यास नगरपालिकाका दुई वडा जोड्ने पुल उद्घाटनका लागि त्यहाँ पुगेका पौडेल प्रहरीको नियन्त्रणमा परेका थिए । आफू रिहा भएपछि सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाए ।

उनले भने, ’यसबाट ओली सरकार लोकतन्त्रप्रति प्रतिबद्ध छैन भने देखिएको छ । राजनीतिक गतिविधिलाई निषेध गर्न खोज्नुले अन्ततः लोकतन्त्रलाई नै आघात पुर्याउँछ । सरकारको यो कृत्यको विरोध हुनु आवश्यक छ,’ उनले भने, ’लोकतन्त्र अपमानित छ । आज जे भइरहेको छ । यसको देशभर विरोध भइरहेको छ ।’

यसैबीच काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी नेता पौडेललाई किन पक्रेको भनेर प्रश्न गरेका थिए ।

त्यस्तै, देउवाले नेता पौडेललाई तत्काल रिहा गर्न पनि माग गरेका स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले भने नेता पौडेलकै सुरक्षाका लागि प्रहरीले सुरक्षित स्थानमा लगेको बताउँदै तत्काल रिहा गरिने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित