बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

शेखर गोल्छा बने एफएनसीसीआईको अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

दैनिक नेपाल २०७७ मंसिर १४ गते १८:५४

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नेतृत्व शेखर गोल्छालाई हस्तान्तरण गरिएको छ ।

शनिबार सम्पन्न निर्वाचनसहितको ५४औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति निर्वाचित भएसँगै वरिष्ठ उपाध्यक्ष गोल्छालाई विधानबमोजिम नेतृत्व हस्तान्तरण गरिएको हो ।

निवर्तमान अध्यक्ष भवानी राणाले गोल्छालाई पदभार हस्तान्तरण गरेकी हुन् । योसँगै गोल्छा महासंघको १९औं अध्यक्ष बनेका हुन् । उनलाई प्रमुख निर्वाचन अधिकृत उपेन्द्र पौडेलले अध्यक्षको प्रमाणपत्र प्रदान गरेका हुन् ।

गोल्छाले आजै पद तथा गोपनियताको सपथ समेत लिएका छन् । महासंघको निर्वाचनले चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्ष चुनेको छ । उनी गोल्छा पछि स्वतः अध्यक्ष हुने छन् ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्ज श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाइ चुनिएका छन् ।

यी समाचारहरू पनि पढ्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित