शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मसँग त भिजन छ, तर अर्काको एजेण्डा बोक्नेले संस्थाको विकास गर्दैन : चन्द्र ढकाल

दैनिक नेपाल २०७७ मंसिर १२ गते १५:५५

काठमाडौं, १२ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्ने बताएका छन् ।

महासंघको जारी ५४औं साधारणसभाका क्रममा बन्दशत्रलाई सम्बोधन गर्दै शुक्रबार ढकालले भने, ‘कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसँग महासंघलाई कुशलतापूर्वक हाँक्ने, संस्थाको गरिमालाई उचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।’

आफ्ना प्रत्याशीसँग आफ्नै एजेण्डा र भिजन नरहेको तथा चुनावको अन्तिम दिनसम्म पनि आफ्नो नभएर अर्कैको एजेण्डामा रहेको भन्दै ढकालले भने, ‘म यस संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेण्डामार्पmत् महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरुको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वावतावरण बनाउन सक्छु, मसँग आफ्नै भिजन र एजेण्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेण्डा हुन जो हामीले बोकेका छौं, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

उनले महासंघमा हुने विजय या पराजय सफलता र असफलता नहुने भन्दै महाधिवेशन पछि पनि टाढा नहुने प्रतिबद्धता व्यक्त गरे । आफूहरुको व्यापार र उद्यमले जोडिराख्ने उनको भनाइ छ ।

ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्व गर्नका लागि निजी क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन भएको वास्तविक व्यवसायी नै आउनु पर्नेमा जोड दिएका छन् ।

यो पनि पढ्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित