शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

उम्मेदवारी फिर्ता लिन प्रधानले गरेको प्रस्ताव ढकालद्वारा अस्वीकार

दैनिक नेपाल २०७७ मंसिर १२ गते १५:४१

काठमाडौं, १२ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को भावी वरिष्ठ उपाध्यक्षकाका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरुबीच एकले अर्कोलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

महासंघको हिजोदेखि शुरु भएको ५४औं साधारणसभाको बन्द शत्रलाई सम्बोधन गर्दै शुक्रबार उनीहरुले यस्तो आग्रह गरेका हुन् । तर, दुबै जनाले आ–आफ्नो अडानमा अडिग रहने स्पष्ट संकेत गरिसकेका छन् ।

बन्दशत्रलाई शुरुमा सम्बोधन गरेका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले आफ्ना प्रतिस्पर्धी चन्द्र ढकाललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरे तर, आफ्नो बोल्ने पालोमा ढकालले आफ्नो उम्मेदवारी फिर्ता नहुने स्पष्ट पारेका छन् ।

प्रधानले चन्द्र ढकाल आफ्नो आफ्नो प्रिय भाइ भएको भन्दै दाजुको नेतृत्व स्वीकारेर दोस्रो तहमा बस्न आग्रह गरेका छन् । ढकाललाई असल र सरल व्यक्तिको रुपमा पाएको भन्दै प्रधानले आफूलाई सहमतिमा पदा छाडिदिन आग्रह गरेका छन् ।

अहिले सहमतिमा पद छाडे अर्कोपटक आफूले ढकाललाई सघाउने प्रधानको भनाइ छ ।

तर, ढकालले किशोर प्रधान सिनियर भए पनि नेतृत्व छाड्न नसकिने स्पष्ट पारेका छन् । आफ्नो प्यानलबाट उम्मेदवारी दिएका हरेक उम्मेदवारहरु हरेक हिसाबले योग्य रहेको दाबी गर्दै ढकालले आगामी नेतृत्वका लागि आफ्नो प्यानललाई नै जिताउन आग्रह गरेका छन् ।

प्रधानले महासंघको नेतृत्वका लागि आफ्नो नभई् अरुकै एजेन्डा बोकेर हिँडेको आरोप लगाउँदै ढकालले महासंघको नेतृत्व गर्ने भए अरुको एजेन्डामा नहिड्न पनि प्रधानलाई सुझाव दिएका छन् ।

महासंघको नेतृत्व गर्छु भन्नेले आफ्नै एजेण्डा बनाउन सक्नुपर्ने भन्दै ढकालले अरुको एजेन्डा बोक्नेलाई कसैले नपत्याउने दाबी समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित