शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

अमेरिकी नागरिकले डिसेम्बरमा कोभिड–१९ को खोप पाउने सम्भावना

दैनिक नेपाल २०७७ मंसिर ८ गते ८:१०

अमेरिका, ८ मंसिर । अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा कोभिड–१९ को खोप पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन् ।

अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले उक्त जानकारी दिएका हुन् । डा. मोन्सेफ स्लावीले सीएनएनसँग कुरा गर्दै स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना सुनाएको बीबीसीले समाचार प्रकाशित गरेको छ ।

समाचार अनुसार देशव्यापी रूपमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला उनले त्यस्तो बताएका हुन् ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा १ करोड २० लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् भने दुई लाख ५५ हजार जनाको मृत्यु भएको छ ।

अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रवार आवेदन दिएका छन् । फाइजरले यो वर्षको अन्त्यसम्ममा ५ करोड डोज खोप उत्पादन गर्ने आशा गरेको छ ।

दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको छ ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) को खोपसम्बन्धी परामर्श समितिले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गर्ने निधो गरेको छ ।

डा. स्लावीले सीएनएनसँग अनुमति पाएको दुई दिनमैु खोप दिन सकिने बताए । खोप त्यहाँका राज्यहरूको जनसङ्ख्याको आधारमा वितरण गरिने योजना छ ।

यो पनि पढ्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित