
काठमाडौँ, ३ मंसिर । प्रदेश १ मा थप ४ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ ।
नयाँ संक्रमित हुनेहरुमा मोरङमा २२३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४७ महिला र ७७ पुरुष छन् ।
प्रदेश १ मा थप ३ सय ६३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३५४, मेची अस्पतालबाट ६ र होटल एशियाटिकबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार २३१ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार २६१ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १४६ महिला र २९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८० हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया