९ कार्तिक २०८३, सोमबार

राष्ट्रपति भण्डारीद्वारा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन् ।

वुधबार राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालय प्रवक्ता केशव प्रसाद घिमिरेले मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले अध्यादेश जारी गरेको जनाएका छन् ।

प्रवक्ता घिमिरेद्वारा वुधबार जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बममोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेको उल्लेख छ ।