९ कार्तिक २०८३, सोमबार

थप ३५ सय ३८ जना कोरोनामुक्त, निको हुनेको संख्या करिब १ लाख ८३ हजार

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ मंसिर । नेपालमा गत २४ घण्टामा थप ३ हजार ५ सय ३८ जनाले कोरोना जितेका छन् ।

वुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३८ जना संक्रमणमुक्त भएको जानकारी दिए ।

योसहित निको हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० पुगेको छ । निको हुनेको दर ८५.८ प्रतिशत हो ।

यससँगै संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ ।

हाल देशभर २८ हजार ८ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १ हजार २ सय ५९ जना पुगेको छ ।