शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

वुधबार थप १४ सय ४२ जनामा कोरोना, १२ को मृत्यु

दैनिक नेपाल २०७७ मंसिर ३ गते १६:३६


काठमाडौँ, ३ मंसिर । नेपालमा थप १ हजार ४ सय ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ ।

हाल देशभर २८ हजार ८ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार ५ सय ३८ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० पुगेको छ । निको हुनेको दर ८५.८ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १ हजार २ सय ५९ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित