शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

आधारहीन लाञ्छनाको व्यवस्थित रुपमा जवाफ दिन्छु : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ मंसिर ३ गते १६:१४

काठमाडौँ, ३ मंसिर । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ प्रस्ताव पेश गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डको ‘काउन्टर’ मा प्रस्ताव ल्याउने भएका हुन् ।

वुधबार बसेको सचिवालय बैठकमा ओलीले आफूले पनि प्रस्ताव ल्याउने बताउँदै १० दिनको समय माग गरेका थिए । प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोपको एक एक गरी प्रतिवाद गर्ने बताएका छन् ।

उनले अध्यक्ष प्रचण्डले आफूमाथि लगाएका आधारहीन लाञ्छनाको सचिवालयमा व्यवस्थित रुपमा जवाफ दिने र प्रतिवाद गर्ने बताएका छन् ।

यसअघि नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव ल्याइसकेका छन् । पार्टीका विवाद समाधानका लागि दुवै अध्यक्षको प्रस्तावमाथि छलफल गरेर निकास निकालिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

प्रचण्डले ओलीको आलोचनासहितको प्रस्ताव ल्याएपछि विवाद झन् चर्किएको थियो ।

त्यस्तै, बैठकले आगामी १८ गते स्थायी समिति बैठक बस्ने निर्णय गरेको छ । त्यस्तै, केन्द्रीय समिति बैठक २५ गतेसम्मका लागि सारिएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित