शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

सचिवालय विघटन गरौँ, नयाँ पुस्तालाई नेतृत्व दिऔँ : महासचिव पौडेल

दैनिक नेपाल २०७७ मंसिर ३ गते १५:४७

काठमाडौँ, ३ मंसिर । सत्तारुढ नेकपाका महासचिव विष्णु प्रसाद पौडेल सचिवालय बैठकमा आक्रोशित बनेका छन् ।

पार्टीभित्रको विवाद समाधानमा सचिवालय असफल भएको भन्दै आन्तरिक विवादले संकट माथि संकट थपिएको बताएका छन् । ‘समस्या धेरै भयो तर समाधानमा सचिवालय असफल बन्यो’, बैठकमा सचिवालयको भूमिकाप्रति असन्तुष्टि जनाउँदै पौडेलले भने, ‘सचिवालय विघटन गरौँ । नयाँ पुस्तालाई नेतृत्व दिनेगरी स्थायी समिति बैठकमा प्रस्ताव लैजाऔं ।’

नेकपा भित्रको विवादले देश नै वर्वादीतिर जानेछ भन्दै एकजुट भएर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ प्रस्ताव ल्याउने भन्दै १० दिनको समय मागेका छन् ।

जसअनुसार मंसिर १३ सम्मका लागि सचिवालय बैठक स्थगित गरिएको छ । ओलीले प्रचण्डको ‘काउन्टर’ मा नयाँ प्रस्ताव समेत ल्याउने भएका छन् ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै प्रस्ताव पेश गरेका छन् । अब प्रधानमन्त्री ओलीले पनि नयाँ प्रस्ताव ल्याउने र ति दुवै प्रस्तावमा छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

पार्टीका विवाद समाधानका लागि सबै प्रस्तावमाथि छलफल गरेर निकास निकालिने प्रवक्ता श्रेष्ठले बताए । त्यस्तै, बैठकले आगामी १८ गते स्थायी समिति बैठक बस्ने र १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेका लागि सारिएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित