९ कार्तिक २०८३, सोमबार

दुर्घटनामा मृत्यु भएका कर्मचारी लामिछानेको शोकमा पहुँच बहुउद्देश्यीय सहकारीले भोलि विदा दिने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, २ मंसिर । कर्मचारी मनिषा लामिछानेको निधनको शोकमा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भोलि एक दिन शोक विदा दिने निर्णय गरेको छ ।

संस्थाको आज बसेको आकस्मिक बैठकले कर्मचारी लामिछानेको निधनको शोकमा भोलि मंसिर ३ गते बुधबारका दिन संस्थाका सबै परियोजनामा विदा दिने निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कर्मचारी लामिछानेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

लामिछानेको मंसिर १ गते भाइटीकाको दिनमा दिउँसो डिउटी आउँदै गर्दा सवारी दुर्घटनामा निधन हो । उनको निधनले संस्थालाई अतुलनिय क्षति पुगेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संस्थाका अध्यक्ष भण्डारी र सचिव ऋषिराज पौडेलले शोक विज्ञप्ती जारी गरी मृतक लामिछानेप्रति श्रद्धान्जली र परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

यसैबिच कर्मचारी लामिछानेको निधनको शोकमा रेडियो हाम्रो पहुँचबाट प्रशारण हुने मनोरन्जनात्मक कार्यक्रम तीन दिनका लागि बन्दभएका छन् ।

सोमबार भाइटिकाको दिनमा रेडियोको डिउटीमा आउने क्रममा सवारी दुर्घटनामा परि निधन भएकी कर्मचारी लामिछानेको शोकमा तीन दिन मनोरन्जनात्मक कार्यक्रम बन्द गरिएको हो ।

संस्थाको आज बसेको बैठकले कर्मचारी लामिछाने निधनको शोकमा प्रत्येक घण्टाको समाचारमा शोक धुन तथा समेवेदना प्रशारण गर्ने र मनोन्जनात्मक कार्यक्रम तीन दिन बन्द गरिने निर्णय गरेको छ ।

बैठकले रेडियोको प्राविधिक सहायक पदमा कार्यरत लामिछानेको निधनले रेडियोलाई अतुलनिय क्षति पुगेको उल्लेख गर्दै दोषिमाथि कार्बाहीको माग गरेको छ ।

यसैबिच रेडियोका स्टेशन म्यानेजर बसन्त पौडेल, समाचार सम्पादक जीतसागर जीएम र मूख्य प्राविधिक प्रेमविवश घर्तीले कुशल र दक्ष कर्मचारी गुमाउँदा रेडियो परिवार अत्यन्त मर्माहत भएको भन्दै मृतकप्रति श्रद्धान्जली र परिवारजनप्रति समवदेन प्रकट गरेका छन् ।