
सर्लाही, ३० कात्तिक । छिमेकी २८ वर्षीय अजय पासवानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मलंगवा नगरपालिका ६ खुटौना बस्ने ३६ को बिनोद पासवानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बिनोदले धारिलो हतियार प्रहार गर्दा अजयको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया